‘एभेन्जर्स’ का निर्देशक जोए रुसोले गरे सलमान खानको तारिफ | Khabarhub Khabarhub

‘एभेन्जर्स’ का निर्देशक जोए रुसोले गरे सलमान खानको तारिफ


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको चर्चा भारतमा मात्र नभएर संसारमा हुने गर्छ । आफ्नो सुकिलो ज्यान र अभिनयका कारण उनी सधै लाइमलाइटमा आउँछन् । बलिउडमा पनि सलमान खान भनेपछि फ्यानहरू मरिहत्ते गर्छन् ।

विश्व सिनेमा इतिहासका चर्चित व्यक्तित्व फिल्म एभेन्जर्सका निर्देशक जोए रुसोले सलमान खानको तारिफ गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा यी निर्देशकले जोए रुसोले भारतीय सिनेमाका बारेमा कुरा गरे । यो सन्दर्भमा सलमान खानका बारेमा पनि बोले ।

जोएले सलमान खानको फिल्म कुरा गर्दै जोएले भने, ‘उनी महान छन्, मेरो मतलब दबंग फिल्म मलाई निकै मन पर्‍यो, क्यामेरा वर्कको काम गज्जबको छ, मलाई मजाक गर्ने क्यारेक्टर र एक्सन सिक्वेन्सको खुबै मन परेको छ, सलमान खानको काम प्रफुल्लित र मनोरञ्जनक छ, उनी स्किृनमा निकै आकर्षक छ ।’

एभेन्जर्स इण्डगेमसँगै जोएले मार्भल युनिभर्सका अन्य फिल्म पनि निर्देशन गरेका छन् । मार्भलका फिल्म नेपालमा लोकप्रिय छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन