बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी  | Khabarhub Khabarhub

बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी 


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशोक भ्रमणमा जाने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा बुधबार राष्ट्रपति भण्डारी कैलालीको धनगढी  जानेछिन् ।

बुधबार धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ ।

बुधबार मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

बुधबार नै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई सोमबार नै जानकारी गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय