ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरुको नाम सार्वजनिक | Khabarhub Khabarhub

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरुको नाम सार्वजनिक


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले दशैँ तिहारका बेला सञ्चालन गरेको ‘ड्याट्सन हट डिल’ योजनाको विजेता घोषणा गरेको छ।

आफ्ना गाडी खरिद गर्ने ग्राहकमाझ सञ्चालित उक्त योजनाका १५ विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ।

देशभरका १ सय ५१ जनाबाट गरिएको लक्की ड् मार्फत १५ जना विजेता घोषण गरेको हो । थापाथलीस्थित ड्याट्सन शोरुममा मंगलबार लक्की ड्र विजेता घोषणा गरिएको हो।

थाइल्यान्ड जाने अफर जित्नेमा चित्रकला घिमिरे, मनी राई, अजय घिमिरे, निलध्वज, ईश्वरीराज ढकाल, विक्रम थापा, अजय कुमार यादव, डा.ओएस अन्सारी, करण चौधरी र सुशील अग्रवाल छन्। सुनको सिक्का जित्ने ५ जनामा रुक्साना हक, विष्णुप्रसाद जैसी, लिला अधिकारी, सुमित्रा कुमारी भुसाल र विजेश्वर प्रसाद शाह रहेका छन्।

कम्पनीका अनुसार विजेतामध्ये १० जनाले थाइल्यान्ड भ्रमणमा जान पाउने भएका छन् भने ५ जनाले १०/१० ग्रामको सुनको सिक्का उपहार जितेका छन्।

कार्यक्रममा कम्पनीका पदाधिकारीले विजेतालाई बधाई र धन्यवाद दिएका थिए। कम्पनीले ड्याट्सन न्यु गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लसको आधिकारिक बिक्रेताको रुपमा कारोबार गरिरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ५८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द