नेपाली बजारमा छ्याप्छ्याप्ती अवैध ग्यास सिलिण्डर | Khabarhub Khabarhub

नेपाली बजारमा छ्याप्छ्याप्ती अवैध ग्यास सिलिण्डर


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । ‘उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए/नभएको अनुगमन गरिएको हो,’ वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । ‘अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ,’ वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, ‘उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ । पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ पनि गर्नेछौँ ।’

अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए । ‘अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ,’ उनले भने ।

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलको भनाइ छ । उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित नभएकाे उनले बताए ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ०९ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा