पौडेलको अनशनप्रति कांग्रेसको समर्थन छ : नेता खाँण | Khabarhub Khabarhub

पौडेलको अनशनप्रति कांग्रेसको समर्थन छ : नेता खाँण


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका छन् ।

भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताए।

माडीका जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै उनले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा कांग्रेसले संसद्मा उठान गर्ने बताए ।

उनले भने, ‘जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।’

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका हुन् । उनको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ ।

पौडेललाई भेट्न नेता खाँण चितवन पुगेका हुन् । एक फरक प्रसङ्गमा उनले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  २ : ०३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न