जानिराखौं किन आउँछ हाई | Khabarhub Khabarhub

जानिराखौं किन आउँछ हाई


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् ।

तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ।

यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ ।

यी हुन् हाई आउनुका कारण –

हार्ई फिजियोलोजिकल मेकानिजम हो । हार्ई आएको अवस्थामा त्यसलाई रोक्नु भने हुँदैन। मज्जाले नै गर्नुपर्छ ।

हार्ई हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया भएको पनि विभिन्न अनुसन्धानले देखाएका छन् । हार्ई गर्दा मस्तिष्कको तापक्रम घटाउने मात्र होइन, अनुहारका मांसपेशी पनि तन्काइदिन्छ ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित एक अनुसन्धानले भने हाई काढ्दा शरीरमा कमी भएको अक्सिजनलाई पनि पूर्ति गर्छ।

हार्ईले मस्तिष्कलाई ऊर्जावान् पनि बनाउँछ । मस्तिष्कमा थकान बढी भएमा हार्ई काढ्ने समस्या सिर्जना हुन्छ ।

थकाइका कारण पनि हाई आउने हुन्छ । मान्छे सुत्यो तर गहिरो निद्रामा परेन भने पनि हाई दोहोरिरहन्छ ।

शरीरमा ग्लुकोजको मात्रा कमी वा बढी भएको अवस्थामा हाई आउने गर्छ। विशेषगरी ग्लुकोजको मात्रा बढी भएमा हाई आउने गर्छ।

किनभने, ग्लुकोजको मात्रा बढी भएमा आन्द्रा र पेटवरिपरि बढी रक्तसञ्चार हुन्छ । तर, मस्तिष्कमा भने कम हुन्छ। त्यसैले हार्ई आउने समस्या हुन्छ ।

अपचको समस्या भएमा पनि बढी मात्रामा हाई आउने गर्छ । मानिस थाकेको वा मन नपरेको ठाउँमा बस्दा, कुरा सुनिरहँदा हाई आउने गर्छ ।

यसलाई टेक्निकल भाषामा हाइपोथेनिया पनि भनिन्छ । शरीरमा मस्तिष्क शिथिल भएको अवस्थामा बढी हाई आउँछ। चनाखो भएको अवस्थामा भने यसरी हार्ई दोहोरिँदैन।

शरीरमा पानीको कमी हुँदा पनि हाई आउने समस्या हुन्छ । बढी हाई आउने समस्या भएमा शरीरलाई आराम नपुगेको भनी बुझ्नुपर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ०६ बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते