नेपालको व्यापारमा सकारात्मक संकेत, ७ महिनामा ५.३३ प्रतिशतले कम भयो व्यापार घाटा | Khabarhub Khabarhub

नेपालको व्यापारमा सकारात्मक संकेत, ७ महिनामा ५.३३ प्रतिशतले कम भयो व्यापार घाटा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म नेपालको व्यापार सुधारतर्फ गएको पाइएको छ । चालु आर्थिक वर्षका ७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । सात महिनामा नेपालको व्यापार घाटा ५.३३ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु आयात ३.५६ प्रतिशतले घटेको छ ।
सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष को सोही अवधिमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म पनि बढिरहेको थियो । सात महिनामा निर्यात २२.४१ प्रतिशतले बढेको छ । सात महिनाको अवधिमा नेपालले गत वर्षको सोही अवधिको तुलनामा झन्डै १२ अर्ब बढीको वस्तु निर्यात गरेको छ ।

७ महिनको अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको विगागले जनाएको छ । गत वर्ष सोही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ । पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो ।

विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको हो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै भएको छैन । यस्तै आयातको दर पनि बढेको छ । पुस महिनासम्म आयात दर ४ .०४ प्रतिशतले घटेकोमा माघ महिनामा यो ३.५६ प्रतिशतले मात्रै घटेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : २२ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा