मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमानसहित) | Khabarhub Khabarhub

मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमानसहित)


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको समेत मशाखाखाले जनाएको  छ । बाँकी स्थानमा भने आंशिक देखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका मध्य तथा पूर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ०९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को