कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका जनाइएको छ ।

उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो ।
उनीहरु हवाई यातायातमार्फत् शुक्रबार राती वुहान आइपुगेका हुन् ।

स्वासप्रस्वास सम्वन्धी विज्ञ, सङ्क्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् ।

वुहानका अस्पतालहरुमा कोरोना भाइरसका विरामीहरुको भिड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ती विरामीहरु निमोनियाका पनि रहेका छन् ।

शनिबार सम्ममा १२ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् ।

विरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेका जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाइएको छ ।

संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ३३ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो