त्रिभुवन आर्मीलाई एनआरटीले गोलरहित बराबरीमा रोक्यो | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

त्रिभुवन आर्मीलाई एनआरटीले गोलरहित बराबरीमा रोक्यो



काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र त्रिभुवन आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

पूरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा आर्मी महत्वपूर्ण तीन अंकको सट्टा एक अंकमा चित्त बुझाएको छ ।

बराबरीसँगै आर्मी शीर्ष स्थानमा एक अंकको झिनो अग्रता बनाएको छ ।

आर्मी आठ खेलबाट १७ अंक बनाएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ मस्र्याङ्दी क्लबको १६–१६ अंक छ । एनआरटी भने १२ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ ।


भर्खर

0