देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

धादिङ, गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय बद्री बहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ सितापुरस्थित सडकमा ना.६ ख ४०५२ नम्बरको ट्रकले बा.८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडी, सूर्नया गाउँपालिका-२ सिन्के लेकस्थित सडकमा से.२ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।

नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-७ साईफन चोकस्थित सडकमा लु.१ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बागमती नगरपालिका-२ स्थित सडकमा ग.१ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय छोयाङ दोर्जेको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : १९ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई