कामसूत्र भन्छ : सुहागरातको दिन पत्नीसँगको यौनबारे नसोच्नुस् ! | Khabarhub Khabarhub

कामसूत्र भन्छ : सुहागरातको दिन पत्नीसँगको यौनबारे नसोच्नुस् !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाइँले कामसूत्र बारे सुन्नु वा पढ्नु भएको छ ? छैन भने थाहा पाउनुस् । कामसूत्र हिन्दू धर्म दर्शनको एक महत्वपूर्ण कृति हो जसले भोग, वासना, यौन जीवन, यौन आशनबारे जानकारी दिन्छ ।

महर्षि वात्स्यायनले लेखेको कामसूत्रलाई विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताइएको छ ।

आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको बर्गिकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्राय: सवैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।

महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् ।

वात्स्यायनले जब कामसूत्र लेखे त्यति बेला प्रेम विवाह भन्दा पनि मागी विवाहको प्रचलन बढी थियो । त्यति बेला फोन, फेसबुक र अन्य सामाजिक सञ्जाल थिएनन् ।

सामान्य अवस्थामा भन्नुपर्दा युवा युवतीले विवाहको रात मात्र राम्रोसँग आफ्नो जीवन साथीको अनुहार देख्न पाउँथे । त्यसैले सुहागरातको दिन पुरुषले के गर्ने के नगर्ने भन्ने बारेमा वात्स्यायनले केही ज्ञान दिएका थिए ।

यसका अलावा वात्स्यायनले कामसूत्रको माध्यमबाट यौन र शारीरिक सम्बन्धका बारेमा पनि जानकारी दिएका छन् ।

सुहागरातका बारेमा कामसूत्र के भन्छ ?

१.विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ । आन्ददायी रुपमा सुत्नु र यौनलाई दिमागमा आउन दिन नहुने कामसूत्रको भनाइ छ । आर्थात विवाहको दिन सुहागरातका दिन नव विवाहित स्त्रीसँगको समागम बारे सोच्नु गलत हुन्छ ।

२. तीन दिनसम्म नूनको सेवन नगर्नुहोस् ।

३. अर्को सात दिनसम्म पति र पत्नी एक अर्कालाई चिन्नमा समय विताउँन् । यसका लागि उनीहरुले साथमा संगित श्रवण, खाना साथमा खाने र विवाहमा आएका पाहुनसँग भेटघार र कुराकानी गर्नुपर्छ । यसले गर्दा सम्बन्ध सुमधुर रहने गर्छ ।

४. विवाहको दशौं रातमा पुरुष स्त्री तर्फ विस्तार बढ्नुपर्छ । वात्सायनका अनुसार महिला नाजुक स्वभावकी हुन्छिन् । र यौनको कुनै पनि हतारोसँग उनी डराउँछिन् । त्यसैले यस्तो स्थितिमा सायद उनी यौनबाट सधैका लागि डराउँन सक्छिन् । त्यसैले पुरुषले पहिला पत्निसँग नजिकिएर उसलाई अंगालो बेर्ने र यौनका लागि तयार गर्ने कार्य गर्नुपर्छ ।

५. पत्नी यदी अंकमालका लागि मानिन् भने पतिले उसलाई केही मिठाइ खुवाउने वा पान खुवाउने गर्नुपर्छ । पाख खानुको अर्थ पत्नी पनि यौन कार्यका लागि तयार छिन् भन्ने अर्थ लाग्छ ।

यदी पत्नीले पान खान मानिन् भने पतिले आग्रह गर्नुपर्छ । हात जोड्ने वा घुँडा मारेर अनुरोध गर्नुपर्ने अवस्था आएको खण्डमा पनि पर्नुपर्छ । तर जबरजस्ती शारीरिक सम्बन्ध बनाउँनु हुँदैन ।

६. यदी पत्नीले मानिन् भने उसलाई किस गरेर सोध्न जरुरी छ कि के उनी पतीसँग तत्काल यौन कार्य गर्न तयार छिन् । र उनले शिर नहल्लाउन्जेल प्रतिक्षा गर्नुपर्छ ।

वात्सायनका अनुसार जो पति पत्नीको हेरचाह गर्छ, र उसको कुरालाई मान्छ पत्नी उसका साथ यौन कार्य गर्न सहज मान्छिन् र यौनलाई गम्भीर रुपमा अनुभव पनि गर्छिन् तर जो पतिले पत्नीमाथि जवारको जस्तो व्यवहार गर्छ, यौनका लागि तयार नभएकी पत्नीलाई जबरजस्ती गर्छ त्यस्तासँग यौनको इच्छा पत्नीमा हुँदैन र जबरजस्ती गरिएको यौनमा आनन्दता प्राप्त हुँदैन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०