काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा आर्मी १० खेलाडीमा सीमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।
आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।
प्रतिक्रिया