सडक बत्तीले उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै | Khabarhub Khabarhub

सडक बत्तीले उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो ।

छोराछोरीलाई विद्यालय पुर्‍याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको अनुभव उनले सुनाइन ।

सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको खड्काले बताइन । आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै वारपार गर्न थालेको खड्काले बताइन । उनले भनिन्, ‘अहिले छोराछोरी मात्रै पठाउँदा पनि चिन्ता लाग्दैन ।’

काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै खड्काजस्तै धेरै पैदलयात्रुलाई सडक पार गर्न सजिलो भएको छ । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछामछाड गरेर अघि बढ्दा पैदलयात्रुलाई ठक्कर दिने घटना कम हुँदै गएको छ । ट्राफिकले चोकमा हातको इसारामा सवारीसाधन नियन्त्रण गर्दै आएकामा अहिले त्यो काम बत्तीले गर्न थालेको छ ।

चालकले पनि पैदलयात्रुले जथाभावी सडक पार गर्दा सवारी चलाउन कठिन भएको गुनासो गर्दै आएका थिए । दुई दशकदेखि ट्याक्सी चलाउँदै आएका श्याम तामाङ ट्राफिक बत्तीले पैदलयात्रु र चालकको व्यवहारमा परिवर्तन आउन थालेको बताए ।

जेब्राक्रसिङ नजिकै भए पनि त्यहाँबाट नभएर यात्रु आफूलाई पायकपर्ने ठाउँबाटै सडक पार गर्दै आएको उनको भनाइ थियो । जेब्राक्रसिङबाट समूहमा नभएर एक्लाएक्लै पार गर्दा सवारीसाधन चलाउनै कठिन हुने चालकको भनाइ छ ।

बत्ती भएका चोकमा हरियो बल्दा यात्रु छन् कि भनी नडराई चलाउन सकिएको तामाङले बताए । उनले भने, ‘अझै पनि मान्छेहरुमा बानी भने राम्रोसँग परिसकेको देखिँदैन ।’

उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो ।

अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभययो । चोक तथा जेब्राक्रसिङमा अहिलेसम्म १२ स्थानमा बत्ती जडान भइसकेको छ ।

तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सिंहदरबार, बागबजार, पद्मोदयमोड र ललितपुरको महापाल चोकमा बत्ती जडान भएर प्रयोगमा आइसकेको छ । भक्तपुरको ठिमी र सूर्यविनायक चोकमा जडान भइसकेको छ ।

भक्तपुरका तीन स्थान, ललितपुर र काठमाडौँका आवश्यक स्थानमा बत्ती विस्तार गरिने थपलियाले जानकारी दिए ।

दोस्रो चरणमा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा बत्ती जडान हुनेछ । काठमाडौँको नयाँ सडक, पुतलीसडक, सोल्टीमोड, शिक्षण अस्पताललगायतका स्थानमा जडानको तयारी भएको छ । दुई दशक पहिले जडान भएर पनि सञ्चालनमा नआएको थापाथली, माइतीघर, कोटेश्वलगायतका स्थानमा मर्मतको तयारी शुरु गरिएको छ ।

कुनै एउटा बत्ती बल्दा बढीमा ९९ सेकेण्ड र घटीमा १६ सेकेण्डसम्म बल्नेछ । कुन समयमा कतातर्फ जाने सवारीसाधनको चाप बढी हुन्छ भन्ने आधारमा बत्तीको समय निर्धारण गरिएको छ । तीनतीन घण्टाको अवधिमा बत्तीको समयावधि परिवर्तन हुनेछ ।

बिहान नौ देखि १२, १२ देखि तीन र तीनदेखि साँझ ६ बजेसम्म फरक फरक अवधि राखिएको छ । बिहानमा सिंहदरबारलगायतका भित्री भागमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र अपराह्नपछि भित्री भागबाट बाहिरिनेको सङ्ख्या बढी हुन्छ ।

सडक बत्तीले सडक प्रयोगकर्तालाई सहज बनाएको भए पनि उनीहरुको व्यवहारमा परिवर्तन आउन बाँकी रहेको थपलियाले बताए । पहिले चोकका बीचमा बसेर हातले इसारा गर्ने ट्राफिक प्रहरी हिजोआज जेब्राक्रसिङमा बसेर यात्रुलाई बत्तीको बारेमा बुझाइरहेको देख्न सकिन्छ ।

उपत्यकामा विसं २०२७/२८ तिर दरबारमार्गमा पहिलो ट्राफिक बत्ती शुरु भएको बताइन्छ । त्यसपछि विसं २०५८ मा जापान सरकारको सहयोगमा विभिन्न चोकमा जडान भएका थिए । तीमध्ये कुनै पनि अहिले काम गर्ने हालतका छैनन् । ललितपुर महानगरपालिकाले गत वर्ष पुल्चोक चोकमा नागरिक–निजी साझेदारी (पिपिपी) मोडलबाट उक्त कार्यक्रम शुरु गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ११ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०