एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक | Khabarhub Khabarhub

एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो ।

अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो ।

शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायको भनाइ थियो ।

चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ३९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका