भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍वका नेतासँग व्यस्त रहे मोदी | Khabarhub Khabarhub

भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍वका नेतासँग व्यस्त रहे मोदी


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुसँगको छलफलमा निकै व्यस्त रहने व्यक्तिका रुपमा चिनिन्छन् । उनी मुलुकभित्र र बाहिर दुबैतर्फ निकै व्यस्त रहने गरेका छन् ।

२०२० को सुरुवातबाट प्रधानमन्त्री मोदीले विश्वका नेताहरुलाई नयाँ वर्षको शुभकामना दिएका थिए । जनवरी २०२० को पहिलो दुई हप्तामा उनले ११ भन्दा बढी विश्व नेताहरूसँग कुरा गरेका थिए । जसमा छिमेकी देशका नेताहरू मात्र नभई अष्ट्रेलिया, अमेरिका, फ्रान्स र रुसका नेताहरु पनि थिए ।

गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथिका रूपमा ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरो र फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणले वर्ष २०२० प्रधानमन्त्री मोदीका लागि निक्कै व्यस्त वर्ष बन्‍यो । त्यसपछि कोभिड -१९ महामारीले संसारलाई नै रोक लगायो ।

महामारीले विश्वका नेताहरूलाई भौतिक भेटघाटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र प्रमुखहरु महामारीको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन व्यस्त भए ।
प्रधानमन्त्री मोदीले भने आफ्नो आन्तरिकरुपमा महामारी नियन्त्रणका लागि विश्वभर औषधि उपलब्ध गराउन सफल भए । महामारिका समयमा भारतले अमेरिका, अस्ट्रेलियालगायतका धेरै मुलुकलाई कोरोनाविरद्धको औषधि रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्‍वाइन वितरण गर्‍यो ।

भारतले वाणिज्य रूपमा ८२ मुलुकमा ५६० मिलियन हाइड्रोक्सीक्लोरोक्वाइन ट्याबलेट र ५३.१३ मेट्रिक टन हाइड्रोक्सीक्‍लोरोक्‍वाइनका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरेको थियो । त्यसैगरी कोरोना महामारीविरुद्ध लड्न भारतले विश्‍वभरका ९६ मुलुकहरुमा १५४ मिलियन युनिट प्यारासिटामोल र १६०५ मेट्रिक टन एपीआई उपलब्ध गराएको थियो ।

२०१६ मा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो विदेश नीतिको टोलीलाई भारतीय परियोजनाहरू भीभीआईपीहरुको उद्‌घाटनका लागि नरोक्‍न निर्देशन दिएका थिए । प्रधानमन्त्री मोदीले वैदेशिक सम्मेलनहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने पनि उनले बताएका छन् ।

सन् २०२० मा महामारी सुरु हुनुअघि उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल माध्यमबाछ संवाद गरेका थिए । २१ जनवरीमा दुई मुलुकका प्रधानमन्त्रीबीच संवाद भएको थियो । त्यसकारण, पीएम मोदी सहजै मात्र होइनन्, डिजिटल माध्यमलाई प्रबर्द्धन गर्न पनि उत्सुक थिए ।

महामारी युगमा पहिलो यस्तो भर्चुअल शिखर सम्मेलन सार्क नेताहरूसँग १५ मार्चमा भएको थियो । उनले साउदी नेतृत्वसँग पनि सम्पर्क गरेका थिए भने विश्वका अन्य नेताहरुसँग २६ मार्चमा जी-२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

त्यसपछि भर्चुअल सम्मेलको ढोका खुल्यो । एनएएम, एससीओ, आसियान, पूर्वी एशिया शिखर सम्मेलन, ब्रिक्स र जी -२० सबै सम्मेलनहरु भर्चुअल ढाँचामा आयोजित थिए ।

प्रधानमन्त्री मोदी आफैंले जम्मा १७ वटा यस्तो शिखर सम्मेलनहरु गरे । जसमा उनले अष्ट्रेलिया, युरोपियन युनियन, श्रीलंका, डेनमार्क, इटाली, लक्जमबर्ग, उज्बेकिस्तान, बंगलादेश र हालसालै भियतनामका नेताहरुसँग संवाद गरे । यी द्विपक्षीय भर्चुअल शिखर सम्मेलनहरू प्रधानमन्त्रीका सबै बहुपक्षीय व्यस्तताका अतिरिक्त थिए ।

प्रधानमन्त्री मोदीले विश्व नेताहरूसँग सम्पर्कमा रहन फोन कलको बृहत प्रयोग गरे । उनले विश्वका नेताहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । महामारीको बीचमा पदभार ग्रहण गर्नेहरूलाई बधाई दिए, महामारीले विभिन्‍न मुलुकले व्यहोरेको संकटप्रति सहानुभूति प्रकट गरे । उनले विश्वका नेताहरुसँग ९० भन्दा बढी फोन कलमार्फत संवाद गरेका छन् ।

सन् २०२१ मा खोपले विश्व सुरक्षित बनाउँछ अथवा बनाउँदैन, त्यो आगामी वर्ष थाहा हुनेछ । तर, एउटा कुरा पक्का छ कि प्रधानमन्त्री मोदी भू-राजनीतिको विषयमा गभ्भीर छन् भने संसारका नेताहरुसँगको संवादमा व्यस्त रहने निश्‍चित छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १ : ४५ बजे

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे