पश्चिमी वायुको प्रभावले बाक्लो हुस्सु | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले बाक्लो हुस्सु


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ ।

पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ‘मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ’, मानन्धरले भने ।

हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ११ : २५ बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ ।गण्डकी प्रदेशका प्रदेश

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु