बन्दुकधारीको आक्रमणबाट इथियोपियामा एक सय बढीको मृत्यु | Khabarhub Khabarhub

बन्दुकधारीको आक्रमणबाट इथियोपियामा एक सय बढीको मृत्यु


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो ।

आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै जातिय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातिय हिंसा हुँदै आएको बताइएको छ ।

इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणलाई तीव्र पारेका छन् । सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।

यता सरकारले भने आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएको छ । तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ४२ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०