रेडक्रसद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

रेडक्रसद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले मंगलबार १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गरिन्।

रेडक्रसले हस्तान्तरण गरेको सामग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सवै एक ठाउँमा उभिन आवस्यक रहेको बताइन्। प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उनको भनाइ छ। राज्यमन्त्री गजमेरले नागरिको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रयोग गरिने गरिएको बताइन्।

नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पु¥याउने काम गरिएको बताइन्।

कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिए।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन