प्रधानमन्त्री र 'रअ' प्रमुख भेटको विषयवस्तु सार्वजनिक गर्न विप्लव नेकपाको माग | Khabarhub Khabarhub

प्रधानमन्त्री र ‘रअ’ प्रमुख भेटको विषयवस्तु सार्वजनिक गर्न विप्लव नेकपाको माग


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख भेटको विषय सार्वजनिक गर्न माग गरेको छ ।

जनपरिषदले विज्ञप्ति जारी गर्दै गत बुधबार राति प्रधानमन्त्री केपी ओली र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको हो ।

केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् ।

बुढामगरको विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मकाे लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : २० बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच