साउदीमा कोरोना रोकथामका मापदण्ड नमाने १ हजार रियालसम्म जरिवाना | Khabarhub Khabarhub

साउदीमा कोरोना रोकथामका मापदण्ड नमाने १ हजार रियालसम्म जरिवाना


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा कोरोना रोकथाम तथा नियन्त्रणबारे लागू गरिएका मापदण्ड नमाने जोकोहीलाई १ हजार रियालसम्म जरिबान गरिने भएको छ ।

आन्तरिक मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गर्न लागू गरिएका मापदण्ड पूरा नगरे १ हजार साउदी रियाल जरिवाना गरिने जनाएको हो । ।

जसले अनुहार मास्क लगाएको छैन । सामाजिक दूरी उपायहरू कायम राख्दैन । एक निजी वा सार्वजनिक ठाउँमा प्रवेश गर्दा तापक्रम जाँच गरेको छैन । यी प्रक्रिया पुरा नगर्ने जो कोहीलाई जरिवाना हुने मन्त्रालयले जनाएको छ । तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि भए प्रवेश पाइने छैन ।

मन्त्रालयले सुरुमा मे महिनामा यस्तो चेतावनी जारी गरेको थियो तर कोरोना भाइरसको दोस्रो चरण सुरु भएकाले त्यो रोक्नको लागि यो निर्णय फेरि जारी गर्नु पारेको जनाएको छ ।

साउदी अरबमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ४४ हजार १५८ पुगेको छ ।

उपचारपछि निको हुनेको संख्या ३ लाख ३० हजार ५७८ पुगेको छ भने संक्रमणका कारण ५ हजार २ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०२ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा