यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १५ जिल्ला | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १५ जिल्ला


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको छ।

कुल संक्रमितमध्ये शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएका छन् भने ८४२ जनाको मृत्यु भएको छ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३ र भक्तपुरमा १ हजार ४५४ संक्रमित छन्।

मन्त्रालयका अनुसार, उपत्यकाका तीन जिल्लासहित कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि रहेका जिल्लाको संख्या १५ छ।

झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पनि सक्रिय संक्रमित ५०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोरङमा ३ हजार ७७, सुनसरीमा २ हजार ४५६, रुपन्देहीमा १ हजार ९७७, चितवनमा १ हजार ६९, मकवानपुरमा १ हजार २४, कास्कीमा ८०६, कैलालीमा ७२२, झापामा ७२१, दाङमा ७१३, काभ्रेमा ५८०, सुर्खेतमा ५६४ र बाँकेमा ५३९ सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांकले मनाङ बाहेक मुलुकका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ०२ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार