लिवियाली द्वन्द्वरत समूहबीच 'स्थायी’ युद्धविरामको समझदारी | Khabarhub Khabarhub

लिवियाली द्वन्द्वरत समूहबीच ‘स्थायी’ युद्धविरामको समझदारी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिवियाका दुई प्रतिद्वन्द्वी समूहले स्थायी युद्धविरामको समझदारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक  क्षणको रूपमा उल्लेख गरेका छन् ।

‘लिबियाली जनताका लागि आजको दिन शुभ हो,’ समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भने ।

त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको नियन्त्रण रहेको छ ।

‘शुक्रबार बिहान ११:१५ मा जेनेभास्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा दुई लिबियाली प्रतिनिधिमण्डलले तत्काल लागु हुनेगरी देशव्यापी तथा स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्,’ उनले भने ।

सम्झौतासँगै सबै सैन्य इकाइ र सशस्त्र समूहहरु आफ्नो शिविरहरुमा फर्किनका लागि स्थायीरूपमा द्वन्द्व अन्त्यका लागि सहमत भएका छन् ।

सम्झौता भएको अधिकतम तीन महिनाभित्र लिबियाली स्थल, आकास र जल क्षेत्रबाट सबै विदेशी लडाकूहरू फिर्ता हुनेछन् ।

नाटो समर्थित विद्रोहमा तत्कालिन शासक मोहमर गद्दाफीको पतन र हत्यापछि लिबिया लगभग एक दशकदेखि द्वन्द्वको घेरामा परेको छ । त्यसबेलादेखि लिविया दुई कडा विरोधी प्रशासनबीच विभाजित छ ।

तर, अगस्टमा दुई सशस्त्र समूहले छुट्टै शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो । यद्यपि दुबै पक्षले एक अर्कालाई ‘आतंकवादी’ समूहलाई समर्थन गरेको आरोप लगाउन भने छाडेका छैनन् ।

यूरोपियन युनियन र लिबियाको पूर्व औपनिवेशिक शक्ति इटालीले यो सम्झौताको प्रशंसा गरेको छ ।

‘स्थायी युद्धविरामको सहमति राजनीतिक वार्तालाप पुनः सुरु गर्नका लागि महत्वपूर्ण छ,’ ईयूको विदेश नीति प्रवक्ता पीटर सानोले भने, ‘यो सम्झौतालाई कार्यान्वयन भएको देख्नु पनि महत्वपूर्ण हुनेछ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ४० बजे

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल– लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा