गण्डक ब्यारेज फुट्ने खतरा, सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

गण्डक ब्यारेज फुट्ने खतरा, सतर्कता अपनाउन आग्रह


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ । लगातारको वर्षाले पानीको सतह बढ्दा ब्यारेज नै फुट्ने खतरा बढेको छ।

बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजका भू आर्जन अधिकृत तारा सिंहका अनुसार पानीको बहाब उच्च भएकाले ब्यारेज खतराको लेबलमा पुगेको बताए ।

ब्यारेजले चालू वर्षमा चार लाख ४३ हजार सम्म पानीको बहाब बहन गरेको कारण खतराको लेबलमा नपुगेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उनले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नारायणी नदीमा आएको बाढीका कारण जिल्लाको प्रातापपुर पाल्हिनन्दन सुस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ४९ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा