पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन | Khabarhub Khabarhub

पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व प्रख्यात अस्ट्रलियन पूर्व क्रिकेटर तथा कमेन्टेटर ड्यान जोनसको निधन भएको छ । बिहीबार उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।

इन्डियन प्रिमियर लिगको टेलिभिजन कमेन्ट्रीका आएका उनको मुम्बईमा निधन भएको हो ।

आफ्नो खेल जीवनमा उत्कृष्ट खेलेका उनले अस्ट्रेलियाका लागि ५२ टेस्ट खेलेका थिए । उनी सन् १९८४ देखि १९९२ सम्म अस्ट्रेलियाका लागि खेलेका थिए । जसमा उनले दुई एसेस सिरिज जितेका थिए ।

उनी सन् १९८७ मा अस्ट्रेलियाले विश्वकप जित्दा समेत टोलीमा रहेका थिए । उनले १६४ एक दिवसीय खेल खेलेका थिए ।

उनी अस्ट्रेलिया र भारतबीचको सन् १९८६ को रोमाञ्चक खेलका लागि पनि परिचित छन् । जसमा उनले २१० रन बनाएका थिए । क्रिकेटमा मात्रै नभएर उनले आफुलाई एक राम्रो क्रिकेट कमेन्टेटरका रुपमा पनि स्थापित गर्न सफल भएका थिए ।

‘ड्यान जोनस एक पुस्ताका नायक थिए । जसलाई हामी कहिलै बिर्सन सक्ने छैनौं,’ क्रिकेट अस्ट्रेलियाका अध्यक्ष अर्ल एडिङ्सले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ५१ बजे

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत