नवलपुरमा एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त | Khabarhub Khabarhub

नवलपुरमा एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त



नवलपुर– पूर्वी नवलपरासीमा बिहीबार एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

देवचुली नगरपालिका १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा रहेका ८३ जना संक्रमणमुक्त भएर घर फर्किएको चिकित्सालयले जनाएको छ । संक्रमणमुक्त भएका ८० जना नवलपुरकै रहेका छन् भने तीन जना बाहिरी जिल्लाका छन् ।

१ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा विनोद पौडेलले जानकारी दिए ।

आज संक्रमणमुक्त भई घर फर्किनेमा देवचुली नगरपालिकाका १७ पुरुष र ९ महिला गरी २६ जना रहेका छन् भने विनयी त्रिवेणी गाउँपालिकाका १२ पुरुष र १३ महिला गरी २५ जना छन् ।

यस्तै, संक्रमणमुक्त हुनेमा गैंडाकोट नगरपालिकाका ५ पुरुष र ८ महिला गरी १३ जना, कावासोती नगरपालिकाका ९पुरुष र एक महिला गरी १० जना, मध्यबिन्दु नगरपालिकाका ५ पुरुष तथा हुप्सेकाट गाउँपालिकाका १ महिला रहेका छन् ।

यसैगरी, बारा कलैया र चितवनको भरतपुर महानगरका एक एक पुरुष र भद्रपुर झापाकी १ महिलाले पनि विहीबार नै कारोना जितेर घर फर्किएको अस्पतालका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

प्राकृतिक चिकित्सालयबाट अहिलेसम्म ५ सय २७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न