'दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ? सोच्ने बेला आयो' | Khabarhub Khabarhub

‘दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ? सोच्ने बेला आयो’


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यमामा कोरोना संक्रमण बढ्दै गएको बताए ।

उनले देशभर कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा ५० प्रतिशतमा संक्रमण देखिएको बताएका हुन् ।

‘निषेधाज्ञा समाप्त भएको केही दिनमै काठमाडौँमा संक्रमणको दर तीव्र रुपमा बढेको छ,’ डा गौतमले भने, ‘संक्रमित संख्या मध्ये करिव ५० प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा नै भएको पाइन्छ ।’

डा गौतमले कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ, चितवनलगायतका जिल्लामा कोरोना संक्रमण बढेको बताए । उनले पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँ उपत्यका र चितवनमा कोरोना संक्रमण देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकाका मात्र ७५५ जना छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा १३७ जनामा कोरोना पुष्टि भएको छ ।

उनले काठमाडौँ लगायतका घना बस्तीहरुमा जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा कोरोना संक्रमण बढ्दै गएको पनि बताए ।

भिडभाड बढी हुने स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न सबैलाई आग्रह गरे ।

सामाजिक र आर्थिक क्षेत्रलाई परेको असरबारे ध्यानमा राखेर काममा केन्द्रित हुँदै गर्दा धेरैले कोरोनालाई विर्सिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचेक्याइ भएको उनको भनाइ छ ।

डा गौतमले कोरोना संक्रमण केही होइन भनेर सोच्नु पनि अर्को ठूलो भ्रम भएको र त्यसले आफु र आफ्नो परिवारलाई असर पर्ने बताए ।

डा गौतमले परिवारका वयस्क व्यक्तिले घरमा पुर्‍याउने संक्रमण घरमै रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सर्ने र त्यसबाट उनीहरुलााई बचाउन ठूलो चुनौती भएको बताए ।

‘हामी कामकाजी युवाहरु घरबाट काममा निस्किन्छौं, यदी मैले सतर्कता नअपनाए, मेरो परिवारलाई कोरोना संक्रमण सर्ने कारण म नै हुनसक्छु भन्ने कुरा सदैब दिमागमा राख्नुपर्छ,’ डा गौतमले भने, ‘युवाहरुमा कोरोनाका संक्रमणका लक्षणहरु नदेखिए पनि उहाँहरुले परिवारका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्नुहुन्छ ।’

कोरोना संक्रमण पनि बढ्दै गएको र चाडपर्व पनि नजिकिदै गरेको अवस्थामा विशेष सावधानी अपनाउन पनि डा गौतमलले आग्रह गरे ।

‘अब छिट्टै नै दशैँ पनि नजिकिदै छ । हामी विभिन्न शहर र घना बस्तिबाट आफ्ना गाउँमा आफ्ना बुबा आमा, वृद्ध हजुरबुबा हजुरआमासँग आर्शिवाद लिन जाने क्रममा कतै कोरोना कोसेली त बोकेर जाँदै छैनौं भनेर सोच्ने बेला आएको छ,’ डा गौतमलले भने, ‘अर्को कुरा कोरोना संक्रमण बढ्दै गएको र दशैँ पनि नजिकिदै गएको अवस्थामा कोरोनाबाट आफु र आफ्ना परिवारलाई कसरी बचाउने भन्ने दायित्व छ ।’

डा गौतमलले लक्षणसहित संक्रमित बढ्दै गएको समयमा सीमित स्रोत साधन भएकाले नेपालमा संक्रमितको व्यवस्थापन र उपचारमा ठूलो चुनौती रहेको पनि बताए । उनले कोरोना संक्रमति भएर पछुताउनु भन्दा कोरोना संक्रमण लाग्नै नदिन सचेत हुनुपर्ने बताए ।

डा गौतमलले कोरोना संक्रमितसँग भेटेको व्यक्तिले भेट भएको छैटौं दिनमा कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनले होम आइसोलेसनमा बस्दा संक्रमितले विशेष सावधानी अपनाएर आफ्नो सामान आफैँले सफा गर्ने, अन्य व्यक्तिको सम्पर्कमा नआउने, व्यायम गर्ने र आफुलाई रुची लागेको काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ५ : २६ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा