ऊर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ, आजैदेखि काममा फर्किए | Khabarhub Khabarhub

ऊर्जामन्त्री पुनको कोरोना रिपोर्ट नेगेटिभ, आजैदेखि काममा फर्किए


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ दिनदेखि होम क्वारेन्टिनमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन काममा फर्किएका छन् ।

निजी सुरक्षा गार्डलाई कोरोना देखिएपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका उनी आजदेखि काममा फर्किएका हुन् ।

बुधबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मन्त्री पुन मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्रीका अंगरक्षकलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । अंगरक्षकलाई कोरोना पुष्टि भएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ३७ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले