१२ वर्षीया बालिका मन्दिरभित्र मृत फेला | Khabarhub Khabarhub

१२ वर्षीया बालिका मन्दिरभित्र मृत फेला


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको मष्टा गाउँपालिका स्थित एक मन्दिरमा १२ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको शव फेला परेको हो ।

बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काका अनुसार अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको थियो । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् ।

हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १ : २५ बजे

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।