पहिरोमा पुरिएर स्याङ्जामा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

पहिरोमा पुरिएर स्याङ्जामा ४ जनाको मृत्यु


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ ।

२८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ । घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६