कोरोना कहरः स्थानीय तरकारीले बजार पायो | Khabarhub Khabarhub

कोरोना कहरः स्थानीय तरकारीले बजार पायो


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको छ ।

गत चैत दोस्रो सातादेखी लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको बताए ।

“लकडाउनमा सवारी नचल्दा चैत वैशाखमा यहाँका किसानले फलाएको तरकारी बजारसम्म बजार पु¥याउन गाह्रो भयो”, अध्यक्ष सोनारले भने, “लकडाउनले हामी तरकारीमा आत्मनिर्भर भइसकेको रहेछौं भन्ने थाहा भयो ।”

उनले किसानहरुले उत्पादन गरेको तरकारी काठमाण्डौं, बुटवल लगायतका शहरहरुमा निर्यात गर्न नसक्दा किसानहरुले नोक्सानी व्यहोरोको बताए ।

“बगरको लौकी त बगरमा सड्यो पनि”, उनले भने,“आलु र प्याज भारतबाट ल्याउने गरेको भएपनि अरु सबै प्रकारको तरकारी कञ्चनपुरमै प्रशस्त पाउन थालेको छ ।”

महेन्द्रनगरस्थित मण्डीमा वार्षिक ७/८ टन तरकारी खपत हुने गरेको सोनारको भनाइ छ । उनले स्थानीय प्रशासनले कञ्चनपुरमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि बिहान र साझँ तरकारी बिक्री वितरणमा सहज भएको बताए ।

“तरकारी बिक्रेताले पनि सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुपर्छ”, उनले भने, “किसानको खेतमा फलेको तरकारी बजारससम्म सहज ढुवानी गर्न दिन पनि प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ ।”

त्यसैगरी १२ वर्षदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटामा व्यावसायिक तरकारी खेती गर्दै आएका ख्यालीराम बर्माले बजारमा अहिले तरकारीको बिउबिजन पाउन छाडेको बताए । उनले लकडाउन अवधिमा तरकारी बिक्री गर्न नपाएर रु २ लाख घाटा भएको बताए ।

“अहिले पनि बजारमा काउली, टमाटरको बीउ पाइरहेको छैन”, शर्माले भने, “भारतबाट तरकारी खेतीमा काम गर्न मजदुर ल्याउन नपाउँदा तरकारी खेती थोरै जमिनमा मात्रै गर्ने योजनामा छु ।”

तीन बिघा खेतमा तरकारी खेती गर्दै आएका बर्माले अहिले दश कठ्ठामा मात्रै तरकारी खेती गर्ने तयारीमा गरिरहेको बताए ।

“सिमावर्ती भारतीय बजार बनबासा र खटिमामा बीउ पाउथ्यो”, उनले भने, “सीमानाका बन्द हुँदा बीउ ल्याउन सम्भव छैन ।” उनले लकडाउनको अवधिमा महेन्द्रनगर र आसपासको क्षेत्रमा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएका केही भारतीय किसान स्वदेश फर्किएको समेत बताए ।

त्यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले कञ्चनपुरमा व्यावसायिक रुपमा तरकारी खेती बढिरहेको बताए ।

“हामी तरकारीको बिउबिजनमा परनिर्भर छौं”, उनले भने, “लकडाउन भएपनि तरकारीको उत्पादनमा बाधा पुगेको छैन ।” उनले कञ्चनपुरमा हिउँदे र बर्खे गरेर ४ हजार ४ सय हेक्टरमा तरकारी खेती भइरहेको बताए ।

“ धान, गहुँ खेती छाडेर किसानहरु नगदे बालीका रुपमा तरकारी खेती गरिरहेको पनि पाइएको छ”, उनले भने, “तरकारीको उत्पादकत्व बढाउने र क्षेत्र विस्तार गर्ने कार्यक्रमहरु समेत सरकारले ल्याएको छ ।”

उनले भारतबाट तरकारी आयात नहुँदा पनि बजारमा तरकारीको अभाव नरहेको पनि बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : १८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन