सिरहाका कोरोना संक्रमित युवाको सुनसरीमा उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

सिरहाका कोरोना संक्रमित युवाको सुनसरीमा उपचारका क्रममा मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाका कोरोना संक्रमित एक युवाको सुनसरीको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएका युवकमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।

मुटु रोगीसमेत रहेका उनी भदौ २ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ०६ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा