न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, विभिन्न ५ प्रदेशमा वर्षा | Khabarhub Khabarhub

न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, विभिन्न ५ प्रदेशमा वर्षा


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –   भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकका विभिन्न ५ प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा बदली भइ विभिन्न प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेकाले आज दिउँसो केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको पूर्वानुमा गरिएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : ३४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने