सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना | Khabarhub Khabarhub

सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कृषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसममापन केन्द्र स्थापना गरिएको हो ।

कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा गरी सात स्थानमा उक्त उपकरण जडान गरिएको कृषि विकास निर्देशनालय दिपायलका नायब सुब्बा चुडामणि पनेरुले जानकारी दिए । ती उपकरण एउटा स्थानमा रु तीन लाख ७७ हजार गरी २६ लाख ३९ हजारको लागतमा निर्देशनालयले जडान गरिएको हो ।

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गर्ने जडानको ठेक्का पाएको महावीर श्री इन्टरनेशनल प्रालिका इञ्जिनीयर सार्थक लम्सालले बताए ।

उनले भने, “इन्टरनेटको माध्यम तथा मोबाइल एपमार्फत पनि मौसमसम्बन्धी जानकारी पाउन सकिनेछ ।”

साथै यो उपकरण इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।

जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने भएकाले यसले कृषि क्षेत्रका लागि सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र बैतडीका निमित्त प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने, “मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ ।”

कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अद्यावधिक गर्ने जनाइएको छ ।

यस उपकरणबाट ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी छिनछिनको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ५८ बजे

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा