फरार तीन अभियुक्त पक्राउ | Khabarhub Khabarhub

फरार तीन अभियुक्त पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार  रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई पक्राउ गरेको हो ।

उनीहरूलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका–१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट पक्राउ गरी अदालतमा बुझाइएको छ ।

यस्तै जबर्जस्ती मुद्दामा तीन वर्ष कैद तोकिएका डुङ्गेश्वर गाउँपालिका–३ दैलेखका टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटे र चेक अनदार मुद्दामा दुई वर्ष जेल सजाय तोकिएका वीरेन्द्रनगर–१ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ३३ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले