१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ | Khabarhub Khabarhub

१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदशक अघि  रौतहटमा गराइएको बम विस्फोट घटनाका आरोपी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको हो ।

इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम विस्फोटको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष र रौतहट प्रहरीको संयुक्त टोलीले ईशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो ।

प्रदेशका डिआईजी धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । घटनामा ७ जना संलग्न रहेकोमा ५ जना अझै फरार छन् ।

२०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए ।

विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन