नागरिक सडक संघर्षमा उत्रिनुपर्ने अवस्था किन सिर्जना भयो : पूर्वराजा शाह | Khabarhub Khabarhub

नागरिक सडक संघर्षमा उत्रिनुपर्ने अवस्था किन सिर्जना भयो : पूर्वराजा शाह


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना माहामारीबाट प्रभावित भई स्वदेश फर्किएकालाई रोजगारीको व्यवस्था गर्न आग्रह गरेका छन् । बुधबार एक सन्देश गर्दै पूर्वराजा शाहले यस्तो आग्रह गरेका हुन् ।

उनले  यस वर्ष आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन् । उनले मुलुकलाई कोरानाभाइरसले आक्रान्त पारेको तथा जनताले ज्यान गुमाउनुका साथै संक्रमित भएको  विषम अवस्थामा आफूले यही महिना पर्ने जन्मदिन नमनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

साथै उनले आरोप प्रत्यरोप, निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता, एकतालाई मुल मन्त्र बनाउँदै अघि बढ्नु पर्ने बताएका छन् । कोरोना रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्यालगायतका विषयमा विवाद भइरहनु र यही विषयलाई लिएर होनाहार युवा सडकमा उत्रिरहनु पर्ने अवस्था विचारणीय रहेको उनले आफ्नो वक्तव्यमा भनेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ३६ बजे

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा