वीरगञ्ज महानगरको बजेट ३ अर्ब ८६ करोड ५१ लाख | Khabarhub Khabarhub

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ८६ करोड ५१ लाख


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँ बराबरको वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

बुधबार आयोजित सातौं नगरसभामा उपप्रमुख शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख बरबारको बजेट सार्वजनिक गरेकी हुन् ।

महानगरको आगामी आर्थिक वर्षको वार्षिक बजेटमा चालु खर्चतर्फ १ अर्ब ६२ करोड ६९ लाख १८ हजार अर्थात कुल बजेटको ४२.०९ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ भने २ अर्ब १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ करोड ३६ लाख अर्थात ११.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा कुल खर्चमध्ये सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा ४५.८१ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ६ लाख १२ हजार विनियोजन गरिएको छ । यस्तै समाजिक विकास क्षेत्रमा भने २२.७१ प्रतिशत अर्थात ८७ करोड ७७ लाख ३६ हजार खर्च हुने अनुमान गरिएको छ । कार्यालय सन्चालनतर्फ भने १८.६२ प्रतिशत अर्थात ७१ करोड ९८ लाख १ हजार खर्च हुने अनुमान गरिएको छ ।

अगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकारको वित्तिय समानीकरणबाट ४२ करोड ८८ लाख, राजश्व बाँडफाडबाट २१ करोड १२ लाख र सशर्त अनुदानबाट ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आयबाट भने ५९ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान महानगरको छ ।

महानगरले आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम तथा बजेटमा विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम र त्यसबाट सिर्जित समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको छ ।

कोरोनाको महामारीबाट महानगरलाई सुरक्षित बनाउन र जनजीवनलाई समान्य अवस्थामा ल्याउन एक घर एक व्यक्तिको पीसीआर जाँच गरिने अभियान चलाइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन