'नेपोटिज्म' बहसबारे आलियाकी आमाको यस्तो प्रतिक्रिया | Khabarhub Khabarhub

‘नेपोटिज्म’ बहसबारे आलियाकी आमाको यस्तो प्रतिक्रिया


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस शुरु भएको छ । केही सेलिब्रेटी र आफन्तले राजपूत नेपोटिज्मको शिकार भएको बताएपछि बलिउडमा यो विषयमा केही समयदेखि बहस सिर्जना भएको छ ।

यो बहस र फ्यानको आक्रोश सहन नसकेर केही सेलिब्रेटीले आफ्नो सामाजिक सञ्जाल बन्द नै गरेका छन् भने कतिले कमेन्ट गर्न नमिल्ने बनाएका छन् । यो लिस्टमा आलिया भट्ट पनि छिन् ।

फ्यानहरु सेलिब्रेटीमाथि खनिएका छन् ।

आलिया भट्ट सामाजिक सञ्जालमा शिकार भइरहेका बेला उनकी आमाले आलियाको समर्थनमा लेखेकी छिन् । आलियाकी आमा सोनी राजदानले पनि नेपोटिज्मको विषयमा सवालजवाफ गरेकी छिन् ।

सोनीले ट्वीटमार्फत हंसल मेहताको जवाफ दिँदै यसबारेमा आफ्नो धारणा राखेकी छिन् ।

सोनीले भनेकी छिन्, ‘कुनै चर्चित व्यक्तिका छोराछोरी हुँदैमा दर्शकलाई तपाईंसँगभन्दा बढी आशा हुन्छ, यो पनि हो कि, जो आज भाइ भतिजावादका बारेमा बोलिरहेका छन्, उनीहरुका पनि आफ्ना बच्चा होलान्, यदि उनीहरु यो क्षेत्रमा आउन चाहे भने के रोक्नेछन् ?’

हंसल मेहताले सोनीको भनाइमा समर्थन जनाएका छन । उनले यो बहसलाई व्यापक बनाउनुपर्ने समेत बताएका छन् ।

नेपालमा पनि नातावाद (नेपोटिज्म) हावी भएको भन्दै बहस सिर्जना भएको थियो । कतिपयले नेपालमा नातावाद हाबी भएको तर्क गरे भने कतिले नेपालमा बलिउडमा जस्तो नेपोटिज्म नभएको प्रतिक्रिया दिए ।

यद्यपि नेपालमा भने नेपोटिज्ममाथि व्यापक बहस नहुँद‍ै चर्चा सेलायो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ०४ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा