क्वारेन्टिनमा बसेका पुरुषले झुण्डिएर गरे आत्महत्या | Khabarhub Khabarhub

क्वारेन्टिनमा बसेका पुरुषले झुण्डिएर गरे आत्महत्या


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका–३, सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषले मंगलवार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी असार ६ गतेदेखि उक्त स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए । अन्दाजी ४९ वर्षीय पुरुषले आत्महत्या गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालले जानकारी दिए । ती पुरुषले आफू बस्दै आएको क्वारेन्टिनको कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेको उनले बताए ।

ती व्यक्ति भारतको पुनेबाट असार ३ गते आएर सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए । असार ५ गते उनी त्यहाँबाट भागेका थिए । त्यसपछि गाउँ नजिकैको जंगलमा भेटाएर असार ६ गते फेरि चन्द्रज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।

घटना स्थलबाट मृतकको मुचुल्का तयार पार्ने कार्य भएको जनाइएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६