कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइ र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।

यसैबीच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : १४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र