पोखरा१८ स्थित सेतीको फाँटमा धान रोपेर फर्किदै किसान
मनसुन सुरू भएसँगै किसान अहिले खेतिपातीमा व्यस्त हुन थालेका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा किसानको दैनिकी भने दिन प्रतिदिन व्यस्त हुन थालेको छ ।
त्यसमा पनि लकडाउनले युवापुस्ता गाउँ फर्कँदा खेतिपाती लगाउन र उठाउन सजिलो भएको किसानहरूको भनाई छ ।
हेरौँ विभिन्न ठाउँमा खेतीमा व्यस्त किसानको दैनिकी
पोखरा महानगरपालिका१८ फेवाताल नजिक सेदी आसपास क्षेत्रमा रोपाइँका लागि खेत जोत्दै किसान ।ललितपुुरको टीकाभैरव क्षेत्रमा रोपाइँ गर्नका लागि खेत जोत्दै स्थानीय किसान ।कैलालीको भजनीका किसान चैतेधान स्याहार्दै । किसानलाई यस वर्ष जेठ मै वर्षा भएर खेतमा पानी भरिएपछि धानका बाला काटेर सडकमा दाउन थालेका हुन ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।
गुलरियाको बारबर्दिया नगरपालिका५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।स्थानीय भूमेथान खेतमा रोपाईँ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका११ खार्मीस्थित तुर्खाका किसान ।पोखरा१८ स्थित सेतीको फाँटमा धान रोपेर फर्किदै किसानपोखरा कुँडहरुमा धान रोप्दै महिलापोखरा कुँडहरुमा धान रोप्दै महिला ।तनहुँको शुक्लागण्डकी नगरपालिका एक्लेखेतस्थित धान खेतमा रमाउँदै गरेका बालबालिका । कोरोना कहरका कारण विद्यालय बन्द रहेकाले आमाबाबुसँगै खेतमा पुगेका बालबालिका खेतमा हिलोमा खेल्दै रमाएका हुन ।