गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ सय २९ पुगेको छ । यो प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, यस्तै गोरखामा १, नवलपुरमा ३, बाग्लुङमा ९ र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिकामा ३० महिना बालिकासहित ५ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण भएको छ ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेशीशहर नगरपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा पनि २ महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मादी गाउँपालिकाका एक महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिका, तनहुँको देवघाट गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २० बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।