कोरोना संक्रमित बढेसँगै बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेसँगै बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित  लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो’,सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने।

नरैनापुरमा कूल ११४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये एकको मृत्यु भएको छ ।

यसअघि गाउँपालिकाले समेत कोरोना संक्रमित बढ्न थालेपछि संक्रमण समुदायमा फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न समेत अनुरोध गरेको थियो ।

शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ११४ पुगेको हो ।

गाउँपालिकाले जारी गरेको विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : १९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन