स्वदेश फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह | Khabarhub Khabarhub

स्वदेश फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीका पाँचवटै स्थानीय तहले रोजगारी, विभिन्न पेशा तथा व्यवसायमा हाल भारतलगायत अन्य देशमा रहेकाको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् ।

कोरोना भाइरसको जोखिमले गर्दा रोजगारी गुमाइ विदेशमा अप्ठ्यारो अवस्थामा परेर स्वदेश फर्किने इच्छा राखेकाको नामावली सङ्कलनमा स्थानीय सरकार जुटेका हुन् ।

जिल्लाको मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा विदेशमा रहेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम सकेका छन् भने पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा भइरहेको छ । हाल विदेशमा रहेकाहरु कोभिड–१९ का कारणले स्वदेश फर्किन चाहेको तथा उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको अवस्थामा क्वारेन्टाइन निर्माण तथा आगामी दिनमा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारले तथ्याङ्क खोजेका हुन् ।

आगामी आर्थिक वर्ष विसं २०७७/७८ को वार्षिक बजेट तथा नीति कार्यक्रमको तयारीमा रहेका स्थानीय सरकारले बजेटअघि नै विदेशबाट फर्किन चाहनेहरुको सङ्ख्या यकिन गरी सोहीअनुसार कार्यक्रम बनाउने योजनामा छन् ।

स्थानीय तहले वडाका जनप्रतिनिधि, टोल विकास संस्थालगायतबाट घरघरमै पुगेर विदेश भएकाहरुको खोजीनीति गरेका हुन् । विदेशमा भएको व्यक्तिको नाम, उमेर, हाल रहेको देश, विदेशमा रहनुको उद्देश्य, हाल विदेशबाट फर्किन चाहे/नचाहेको तथा सम्पर्क नम्बरसहितको विवरण खोजी गरिएको हो ।

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले अनलाइनका माध्यमबाट विदेश रहेकाहरुको जानकारी लिन शुरु गरेको छ । महानगरको वेवसाइटमा विदेश भएकाहरुले आफ्नो विवरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । यसका साथै वडा कार्यालयमा समेत विवरण सङ्कलन गरिएको छ । महानगरमा स्थायी बसोबास भएर हाल विदेशमा भएकालाई अनिवार्यरूपमा विवरण भर्नसमेत महानगरले आग्रह गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले नौ वटै वडामा विदेश भएका र हालको विषम परिस्थितिका कारणले स्वदेश फर्किन चाहनेहरुको विवरण सङ्कलन भइरहेको बताए । सङ्कलित विवरणले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्माणमा समेत सघाउने उनको भनाइ छ ।

उनले भने, “गाउँपालिकाबाट हाल भारतलगायतका मुलुकमा रहेका र स्वेदश फर्किन चाहेकाहरु विवरण सङ्कलन भइरहेको छ । स्वदेश आउनेहरुलाई गाउँमै कुन क्षेत्रमा रोजगारी दिने भन्नेमा नीति कार्यक्रममा समेट्छौँ ।”

मादीमा दुई हजार

मादी गाउँपालिकाले विदेशमा भएकाहरुको तथ्याङ्क सङ्कलन गरिसकेको छ । मादीका १२ वटै वडाबाट गरेर एक हजार ९६८ जना विदेशमा रहेको विवरण छ ।
जनप्रतिनिधि तथा टोल विकास संस्थाबाट विदेश भएकाहरुको विवरण जम्मा गरिएको थियो । रुपा गाउँपालिकाले विदेशबाट आउन चाहनेहरुले दैनिक सम्पर्क गर्न थालेको भन्दै थप क्वारेन्टाइन निर्माण शुरु गरेको छ । गाउँपालिकामा एक हजार ७९३ विदेशमा रहेको बताइन्छ ।

सातवटै वडाका घरघरमा पुगेर उनीहरुको विवरण सङ्कलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

विदेश भएकाहरु अवस्था सहज हुनेबित्तिकै स्वदेश फर्किने भएकाले उनीहरुलाई राख्नका लागि हंसपुरको रामकोट माध्यमिक विद्यालयमा ५० जना क्षमताको क्वारेन्टाइन निर्माण शुरु गरिएको बताइन्छ । गाउँपालिकाले यसअघि देउरालीमा २५ र भिरचोकमा १० श्ययाको क्वारेन्टाइन तयार गरेको छ । भिरचोकमा हाल चार क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ४ : ०५ बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को