इजरायलका लागि नेपाली राजदूत शाक्य सम्मानित | Khabarhub Khabarhub

इजरायलका लागि नेपाली राजदूत शाक्य सम्मानित

सम्मान नेपाल र नेपालीको हो : राजदूत शाक्य


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुने भएकी छन् ।

‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो ।

९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित भएकी हुन् । ९० वटै देशका राजदूतले उनको पक्षमा मत जाहेर गरेपछि उनी यो सम्मानबाट सम्मानित भएकी हुन् । उनी यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत हुन् । ९० वटा देश मध्येबाट अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए ।

उक्त सम्मानको घोषणापछि राजदूत शाक्यले खुशी व्यक्त गरेकी छन् । ‘यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको छु’ राजदूत शाक्यले भनिन, ‘यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको छ ।’

राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिएकी छन् । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ उनले भनिन, ‘ मेरो योग्यता र क्षमताले भ्यायसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’

उक्त उम्मानबाट विभूषित घोषणा गर्ने कार्यक्रममा राजदुत शाक्य पनि सहभागी थिइन। २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गर्दै आएकी छन् ।

राजदूत शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी भएको धन्यवाद दिएकी छन् ।

डा. शाक्यले राजदूत भएर पद बहालीपछिको यो अवधिमा इजरायल र नेपाल बीच विभिन्न विषयमा सम्झौता गरी इजरायलबाट नेपाललाई प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग दिलाउन उल्लेख्य भूमिका निर्वाह गर्दै आएकी छन् ।

केही दिन अघि मात्रै डा. शाक्यकै पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देश बिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

डाक्टर शाक्यले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी थिइन ।

उनले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताएका थिए ।

गत मंसिरमा डाक्टर शाक्यकै पहलमा इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनका लागि नेपाल आएको थियो । शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट गरेको थियो ।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट लगायतमा सहयोग गर्न चासो देखाएको थियो ।

डाक्टर शाक्यले राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालियाबीच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो ।

पछि उहाँकै पहलमा गलत सूचना सच्याउने काम भएको थियो । उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १० : ४२ बजे

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय