चीनमा शून्यमा झर्‍यो कोरोना भाइरसको संक्रमण दर | Khabarhub Khabarhub

चीनमा शून्यमा झर्‍यो कोरोना भाइरसको संक्रमण दर


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा काेराेना भाइरस महामारी फैलिन शुरु भएयता पहिलाे  पटक शनिबार एक जना पनि सङ्क्रमित

थपिएका छैनन् । चीनमा पछिल्लाे २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको छ ।

चीनमा आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका हुन् । दुई जना भने शंकास्पद देखिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

गएकाे वर्षकाे अन्त्यतिर चीनकाे वुहान शहरबाट नै सङ्क्रमण सुरु भएकाे थियाे र त्यसकाे केही महिनामा नै पूरै विश्व महामारीकाे चपेटामा परेको छ ।

तर मार्च महिनाबाट चीनमा सङ्क्रमण हुने दरमा निकै कमी आयाे, यसाे हुनुमा प्रतिबन्धकाे कडा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएकाे छ । यता समाचार एजेन्सी राेयटर्सका अनुसार चीनमा बाहिरबाट आएका मानिसमा सङ्क्रमण देखिने क्रम बढिरहेकाे छ । तीमध्ये धेरैजसाे यस्ता चिनियाँ नागरिक छन्, जाे विदेशबाट फर्किरहेका छन् ।

कोरोना भाइरसको उद्गमविन्दु वुहानमा पनि याे महिना पहिलाे पटक केही इलाकामा सङ्क्रमण देखिएकाे थियाे । वुहानमा गएकाे अप्रिल ८ तारिखमा लकडाउन हटाइएकाे थियाे ।

हाल चीनमा एक जनामा पनि संक्रमण नदेखिए पनि सामाजिक दूरी कायम गरी अन्य आर्थिक तथा सामाजिक गतिविधिहरु थालिएका छन् । चीनका शैक्षिक संस्थाहरु पनि खुल्न थालिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०