जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखले सहज जीत | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखले सहज जीत


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा वायर्नलाई जीत दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे । फ्रान्कफर्टले एक गोल भने आत्मघाती खायो ।

फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए । खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे ।

खेलको ४६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । ५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्ट खेलमा फर्कने कोसिस गर्‍यो ।

तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५-२ ले विजयी भयो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जीत हो । जीतसँगै वायर्न ४ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : २१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही