लकडाउनका बेला खेलाडीलाई पीडामाथि थप पीडा, मनाङले काट्यो २ महिनाको तलब | Khabarhub Khabarhub

लकडाउनका बेला खेलाडीलाई पीडामाथि थप पीडा, मनाङले काट्यो २ महिनाको तलब


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा छ । नेपाल पनि कोरोनाविरुद्धको संघर्षमा छ । कोरोना भाइरसको जोखिम कम गर्न सामाकि दुरी कायम गर्न भन्दै सरकारले लकडाउन गरेको एक महिना पूरा भइसकेको छ ।

यस्तो अवस्थामा सबै गतिविधि बन्द छन् । खेलकुदका पनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सबै गतिविधि स्थगित भएका छन् । खेल गतिविधि बन्द भएपछि यसले खेलाडीहरुलाई असर गरेको छ । प्रत्यक्ष रुपमा क्लबदेखि खेलाडीसम्म यसको मारमा परेका छन् ।

गत वर्ष (२०६७ साल)को शहीद स्मारक ए डिभिजन लिग फागुन पहिलो साता नै सम्पन्न भइसकेको थियो । क्लबहरुले वैशाख मसान्तसम्म तलब दिने गरी खेलाडीहरुसँग सम्झौता गरेका थिए । तर, यस सिजनको लिगमा तेस्रो स्थानमा रहन सफल मनाङ मर्स्याङ्दी क्लबले भने खेलाडीहरुको २ महिनाको तलब काट्ने भएको छ ।

८ पदक शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्दै इतिहास रचेको दाबी गर्ने मनाङले खेलाडीहरुसँग गरेको सम्झौताअनुसार तलब दिन अस्वीकार गरेको छ ।

मनाङले कोरोना भाइरसका कारण प्रतियोगिताहरु नभएको भन्दै खेलाडीहरुको तलब रोक्का गर्ने निर्णय गरेको हो । मनाङले चैत र वैशाख महिनाको तलब नदिने बताए पछि खेलाडीहरु अहिले एक–अर्कासँग आफ्नो पीडा पोखिरहेका छन् ।

कोरोनाका कारण सिर्जित संकटमा क्लबले आवश्य थप सहयोग गर्ने खेलाडीहरुको अपेक्षा थियो । तर, क्लबले उल्टै तलब नदिने घोषणा गरेपछि आफूहरु गम्भीर पीडामा परेको खेलाडीहरुले गुनासो गरेका छन् ।

‘यस्तो समयमा त क्लबले आर्थिक मात्रै नभएर मनोवैज्ञानिक र सामाजिक रुपले पनि सहयोग गर्नुपर्ने हो । खेल नभएको र खेल गतिविधि नहुँदा क्लबलाई आर्थिक भार पर्ने भन्दै बैशाख अन्तिमसम्मको सम्झौता हुँदा पनि चैत र बैशाखको तलब नदिने निर्णय गरेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक खेलाडीले खबरहबसँग भने, ‘अब यो बीचमा हामीलाई एकदमै गाह्रो हुन्छ । हामीहरुको पेसा नै खेल्ने हो । कमाइको अर्को कुनै स्रोत छैन । क्लबले तलब नै रोक्का गरिदिएपछि हामीले कसरी दैनिकी चलाउनु ?’

मनाङमा आबद्ध भएका अर्का खेलाडीको पीडा पनि उस्तै छ । ‘अन्य कुरा जस्तै आर्थिक रुपमा पनि समस्या हुन्छ । हामीले त खेलेरै परिवार पाल्ने हो । क्लबले पैसा दिएन भने हामीले कसरी परिवार पाल्ने ?’ ती खेलाडी भन्छन्, ‘खेलका लागि तयारी गर्दा ऋण लिएको थिएँ । त्यो ऋण पनि तिर्न सकेको छैन । त्यसमाथि अहिले क्लबले तलब काट्ने भनेको छ ।’

मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङ भने लकडाउनका कारण क्लबलाई आर्थिक भार बढ्दै गएपछि खेलाडीहरुको तलब कटौती गर्ने निर्णय लिनु परेको बताउँछन् । ‘फुटबल गतिविधि नै नभएपछि खेलाडीलाई तलब खुबाउन गाह्रो हुने भन्दै उक्त निर्णय गरिएको हो,’ मनाङका अध्यक्ष गुरुङले भने, ‘कोरोना भाइरसले क्लबहरुलाई घाटा भएको छ । खेलेर क्लब चलाउनु पर्ने । तर, खेल नै नभएपछि समस्या हुने नै भयो ।’

मनाङले यस वर्षको सिजनका खेलाडीसँग ३ महिनादेखि बैशाख अन्तिमसम्मका लागि सम्झौता गरेको थियो । त्यसोत, केही वर्ष अगाडिसम्म मनाङले खेलाडीलाई वर्षभरीको तलब पनि उपलब्ध गराउँथ्यो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ०३ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर