फेसबुकसँग मिलेर एशियाकै सबैभन्दा धनी यसरी बने भारतीय व्यापारी अम्बानी | Khabarhub Khabarhub

फेसबुकसँग मिलेर एशियाकै सबैभन्दा धनी यसरी बने भारतीय व्यापारी अम्बानी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय व्यापारी मुकेश अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

अम्बानीको कम्पनी रिलायन्स जियो र मार्क जुकरवर्गको कम्पनी फेसबुकबीच लगानीको सहमति भएसँगै अम्बानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

योसँगै उनले यसअघि एशियाको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका चिनीयाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक मा लाई पछि पारिदिएका छन् ।

फेसबुकले अम्बानीको कम्पनीमा लगानी गर्ने सम्झौता गरेसँगै अम्बानीको सम्पत्ति ४ अर्ब डलरले बढेर ४९ अर्ब डलर पुगेको छ ।

योसँगै ज्याक मा को तुलनामा अम्बानीको सम्पत्ति ३ अर्ब डलर धेरै भएको छ ।

फेसबुकले अम्बानीको जियोमा ५ अर्ब ७० लाख डलर लगानी गर्नेछ । उक्त लगानीपछि फेसबुकको रिलायन्स जियोमा ९.९९ प्रतिशतको हिस्सेदारी हुनेछ । योसँगै रिलायन्स जियोमा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर बन्नेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ३३ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५